आफ्नै वाचा विपरित पुरानै ठाउँमा फोहोर फाल्दै पोखरा महानगर

पाेखरा | मंसिर २५, २०७९

आफ्नै वाचा विपरित पुरानै ठाउँमा फोहोर फाल्दै पोखरा महानगर

पोखराः  पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउन करिब तीन साता बाँकी भएपनि ल्याण्डफिट साइटका कारण अझै ढुक्क हुन सकिएको छैैन । कारण हो, पोखराको ल्याण्डफिल साइट । 

 

हाल प्रयोग भइरहेको साइटमा अझैपनि फोहोर फाँलिदैछ । सोही कारण विमानस्थलको प्रमुख समस्या नै पोखरा महानगरले प्रयोग गरिरहेको ल्याण्डफिल साइट भएको छ । 

 

पोखरा महानगरपालिकाले विमानस्थल प्रशासनलाई कात्तिक १७ गते एक पत्र पठाई मंसिर १७ देखि हाल प्रयोगमा रहेको ल्याण्डफिल साइटमा फोहोर नफाल्ने जानकारी दिएको थियो । तर आफैले गरेको निर्णय पालना नगरी महानगरले सोही ल्याण्डफिलमा फोहोर फाल्दै आएको छ । 

 

पोखरा महानगरपालिकाका सूचना अधिकारी जीतेन्द्रजंग केसीले पोखरामा दैनिक उठ्ने फोहोर अहिले पोखरा १४ स्थितको ल्याण्डफिल साइटमा नै फाल्दै आएको बताएका छन् । 

 

‘नयाँ ल्याण्डफिल साइट हेर्ने काम भइरहेको छ, पोखरा महानगरले उठाउँदै आएको फोहोर पोखरा १४ को ल्याण्डफिल साइटमा फाल्दै आएका छौं, केसीले भने, ‘पोखरा १४ मा ल्याण्डफिलमा फोहोर फाल्ने र रिठेपानी डाँडा कटानबाट आएको माटोले दैनिक फोहोर पुर्ने काम भइरहेको छ । फोहोर पुरिएपछि त्यहाँ फोहोर फाल्दैनौं । नयाँ वैकल्पिक व्यवस्थामा खोज्छौं ।’

 

अहिले पोखरामा दैनिक १ सय ८८ टन फोहोर संकलन हुन्छ । स्रोतका अनुसार ल्याण्डफिल साइट माटोले पुरेपछि नयाँ ल्याण्डफिल साइट कहाँ बनाउने भनेर अन्तिम चरणको छलफल भइरहेको छ । यसको निर्णय केहि दिनभित्रै हुने जानकारी प्राप्त भएको छ । 

 

महानगरका सूचना अधिकारी केसीका अनुसार पोखराको फोहोर उठाउने सम्झौता पुष मसान्तसम्म रहेको छ । 

 

 

विमानस्थल सञ्चालनको प्रमुख समस्या ल्याल्डफिल साइट

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट जनवरी १ तारिख (पुस १७) बाट सञ्चालनमा ल्याउने  विमान स्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए । 

 

विमानस्थल सञ्चालनको तयारी के छ ? भन्ने प्रश्नमा प्रमुख गौतमले सबै तयारी पुरा भएको र महानगरले प्रयोग गरिरहेको ल्याण्डफिल साइट प्रमुख समस्या भएको बताए । 

 

‘एक साता यान्त्रिक उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भएको छ, त्यसको प्रतिवेदन आइसकेको छैन’ गौतमले भने, ‘आवश्यक पर्ने डाँडा कटानसँगै बाँकी काम भइरहेको छ ।’

 

पोखरा महानगरले प्रयोग गरिरहेको ल्याण्डफिल साइट अझै नसार्दा समस्या भएको र महानगरले चाँडै अर्काे व्यवस्था गर्नेमा गौतम आशावादी छन् । स्थानीय सरकारले प्रतिबद्धता जनाएकाले अब केही दिनमै ल्याण्डफिल साइट व्यवस्था होला भन्दै अन्यथा नयाँ वर्षमा उडान भर्न गाह्रो हुने उनले उल्लेख गरे । 

 

‘विमास्थल सञ्चालन गर्न हालको ल्याण्डफिल साइट बन्द गर्ने प्रतिवद्धता स्थानीय सरकारले गरेको छ’ गौतमले भने ।  

 

विमानस्थलमा देखिएको ढल व्यवस्थापनको समस्या समाधान भएको प्रमुख गौतमको भनाई छ । ‘विमानस्थल भित्र भएको ढल व्यवस्थापनको समस्या समाधान भइसकेको छ, उनले भने, सडक र सिचाई आयोजनासँग छलफल भइरहेको छ । गौतम भन्छन्, ‘बाहिर उहाँहरुले काम गर्नुभयो भने हामीलाई भित्र समस्या हुँदैन ।’ 

 

लागत कति ?

चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा करिब २२ अर्ब रुपैयाँको लागतमा चिनियाँ निर्माण कम्पनी सिएएमसीले निर्माणको जिम्मा लिएर काम गरिरहेको छ ।

 

नागरिक उड्डयन प्राधिकरणका अनुसार सरकारले वि.सं. २०३२ सालमा ३ हजार १ सय रोपनी र निर्माणाधीन अवस्थामा बाँकी गरी हालसम्म कूल ३ हजार ८ सय ९९ रोपनी जग्गा अधिग्रहण गरिएको छ ।


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्